समाचारपत्रकर्मी तिमल्सिना सम्मानित 



काठमाडौँ।

प्रतिभा सम्मान प्रवन्ध गुठीले  विभिन्न विधामा योगदान गर्ने  नौ जना व्यक्तिहरूलाई सम्मान गरेको छ।  शनिवार  बनेपामा आयोजित एक कार्यक्रममा नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता तथा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायत नौ जना व्यक्तिहरूलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरेका छन्  ।

प्रतिभा सम्मान २०७७ बाट  तिमल्सिना सम्मानित भएका हुन्  ।

प्रतिक्रिया दिनुहोस्