नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजो प्रत्यारोण



३ वर्षीय बालकको सफल कलेजो प्रत्यारोणमा संलग्न चिकित्सकको टोली

काठमाडौँ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज ३ वर्षीय बालककोे कलेजो प्रत्यारोपण भएको छ। केन्द्रका निर्देशक समेत रहेका डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा विरगञ्ज, पर्साका ती बालककोे कलेजो प्रत्यारोपण भएको हो ।

उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन ।

प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

आजसहित केन्द्रमा ४ दिन लागतार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्