कमला कार्की स्मृति प्रतिष्ठानद्वारा ५ व्यक्ति र १ संस्था सम्मानित

112
Shares

काठमाडौँ । 

कमला कार्की स्मृति प्रतिष्ठानले नवौँ स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तित्वहरु, संस्था र स्थानीय ज्येष्ठ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ । प्रतिष्ठानले शुक्रबार काठमाडौँको नैकापमा आयोजित कमला कार्कीको स्मिृतीमा राष्ट्रलाई विभिन्न कोणबाट योगदान पु¥याएका राष्ट्रिय खेलाडी, पत्रकार, कलाकार, चन्द्रागिरि नगरपालिका क्षेत्रको सामाजिक संस्था र यसै नगरपालिकाको वडा नं. १४ र १५ का ज्येष्ठ महिला नागरिकलाई सम्मान गरेको हो ।

नेपालमा राजनीति साहित्यकार, समाजसेवा, कलाकारिता र चित्रकलाको क्षेत्रमा प्रसिद्धि कमाएकी पूर्व मन्त्री तथा भद्रकुमारी आश्रमकी सञ्चालिका भद्रकुमारी घलेद्वारा सम्मान पत्र प्रदान गरिएको छ । जसअन्तर्गत प्रतिष्ठानले राज्यको चौथो अङ्गको रुपमा रहेर लामो समयदेखि राष्ट्रलाई झक्झक्याउदै पहरेदारीको भूमिका निभाउँदै पत्रकारीता जगत र चनद्रागिरी नगरपालीकालाई गौरवान्वित तुल्याएकोले उच्च मूल्याङ्कन गर्दै  अन्नपूर्ण पोस्टकी वरिष्ठ संवाददाता ममता थापालाई सम्मान गरेको छ । यसैगरी,  महिला खेलाडिमा २०२३ मा सार्फ कराँते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता अञ्जना महर्जन, पूर्व मिस नेपाल २०२० कि नम्रता श्रेष्ठ, तीनथाना बाजँ खल संस्था र  ज्येष्ठ महिला मा क्रमशः चन्द्रागिरि नगरपालिका वडा नं १४की धनमाया महर्जन र वडा नं १५ की भगवती खत्रीलाई सम्मान गरेको छ । सम्मानित सबैलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा समाजसेवी भद्र कुमारी घलेले सृष्टिकर्ता आमाको महत्वमाथि  चर्चा गरिन् । यसैक्रममा राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती समेत भएकाले शुभकामना दिंदै उनले भनिन् ,‘ पृथ्वी नारायण शाहले राज्य एकिकरण गरेसँगै वाईसी र चौबीसी राज्यलाई हातमा लिँदा संस्कार, संस्कृतिको जगेर्ना गरेका थिए । यसलाई सबैले जगेर्ना गर्नुपर्छ । आमा संस्कृतीलाई झल्काउन यो प्रतिष्ठानले पनि योगदान दिएको छ । स्वर्गीय आमाको नाममा विभिन्न राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्नु सराहनीय काम हो ।’

यस्तै, प्रतिष्ठानका सल्लाहकारसमेत रहेका कवि तथा साहित्यकार, वरिष्ठ सञ्चारकर्मी डा.नवराज लम्साल आमाको सम्झना गर्दै पछिल्लो पुस्तालाई संस्कृति सिकाउन यो प्रतिष्ठानले मद्दत पु¥याएको बताए । अबको पुस्तालाई साहित्य, संस्कार, भान्छादेखी आमा संस्कृति विकास गर्न जरुरी भएको उनको भनाइ छ । यसैगरी, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले जननी आमाको सम्झना गर्दै सम्पूर्ण आमाप्रति सम्मान व्यक्त गरे । यस प्रतिष्ठानमा जोडिएर सल्लाह, सुझाव र हौसला दिने सम्पूर्णमा उनले आभार प्रकट गरे । यस्तै, प्रतिष्ठानका सल्लाहकार दयाराम थापा क्षेत्री सबै क्षेत्रका महिलालाई सम्मान गर्नु सम्पूर्ण आमाको सम्मानको प्रतीक भएको बताए ।

कार्यक्रममा आमाको महिमा झल्कने कविता, गीत लगायतका रचनाहरु प्रस्तुत गरिएको थियो । यसका साथै चन्द्रागिरि नगरपालिका क्षेत्रको संस्कृति, परम्परा भूगोल र इतिहास झल्किने चित्रकला प्रदर्शनी समेत गरिएको थियो ।