रास्वपा दोलखाको संयोजकमा दिनेश बस्नेत

0
Shares

दोलखा। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको प्रथम जिल्ला भेलाले युवा व्यवसायी दिनेश बस्नेतलाई जिल्ला संयोजक चयन गरेको छ । भेलाले २७ सदसिय जिल्ला कार्यसमिति र ११ सदसिय जिल्ला सचिवालय समेत निर्माण गरेको भीमेश्वर नगर संयोजक श्याम कायस्थले बताए।

राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सहसंयोजक जलहरि शिवाकोटीको सभापतित्वमा सम्पन्न प्रथम जिल्ला भेलाको उद्घाटन पार्टीको केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभापति अचुतम लामिछानेले गरेका थिए ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभापति अचुतम लामिछाने, जिल्ला संयोजक दिनेश बस्नेत, पूर्व संयोजक पूर्ण बहादुर तामाङ, दोलखा निर्वाचन क्षेत्रीय समिति सभापति हरि चौलागाई, युवा नेता जगदीश खरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।