नागरिक उन्मुक्तिको महासचिवमा धर्म र गंगाको भिडन्त



टिकापुर । 

नागरिक उन्मुक्ति पार्टीकाे प्रथम महाधिवेशनबाट महासचिव बाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार महासचिवमा धर्म बहादुर चाैैधरी र गंगाराम चाैधरीकाे उम्मेदवारी परेकाे छ । सोही पदमा ठाकुरसिंह थारुले पनि मनोनयन दर्ता गरेका थिए । तर, थारु सहमतिका लागि मनोनयन फिर्ता गरिसकेका छन् ।

महासचिवमा सहमतिका निम्ति  छलफल भएता पनि कुनै टुङ्गो लाग्न सकेन । अहिले  निर्वाचन समितिका टिमले मतदानमा जाने तयारी भएको जनाएको छ ।
धर्म चौधरी लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार मन्त्री हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन् ।  गंगाराम हालसम्म पार्टीका सचिव थिए भने धर्म केन्द्रीय सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्