नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत



काठमाडौँ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।

कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।

यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो। अध्यक्षमा उम्मेदवारीका लागि शुक्रबार दिउँसो २ बजेसम्म समय थियो। उक्त समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए।

रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्