राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण



काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित शाहको सालिकमा माल्यार्पण गरेका हुन्।

सो अवसरमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए। पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन्। राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गरेका थिए।

/fi6«klt kf}8]n
sf7df8f}F, @& k’; M
/fi6«lgdf{tf k[YjLgf/fo0f zfxsf] #)@cf}F hGdhoGtL tyf /fli6«o Pstf lbj;sf cj;/df z’qmaf/ g]kfnL ;]gfsf] Ps 6’s8Ln] k|bfg u/]sf] ;Ddfg u|x0f ub}{ /fi6«klt /fdrGb| kf}8]n . tl:a/M ls/0f/fh lji6÷/f;;

प्रतिक्रिया दिनुहोस्