अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा एक पक्राउ

0
Shares

काठमाडौँ।

अमेरिकी डलर देखाएर पाँच लाख ठगी गरेको अभियोगमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका ४३ वर्षीय कुमार तामाङ भन्ने हस्तबहादुर तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

यही पुस ९ गते कीर्तिपुर नगरपालिका–९ चोभार जलविनायक मन्दिरस्थित ललितपुर गोदावरीका ३६ वर्षीय विजय कुँवरलाई अमेरिकन डलर साट्ने भन्दै ५० अमेरिकन डलर देखाएर पाँचलाख ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पक्राउ गरिएका तामाङले कुँवरलाई आफूले आठ हजार अमेरिकी डलर भेटाएको भनी भ्रममा पारेर पाँच लाख लिएर फरार भएका बताए । पक्राउ परेका उनलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।