भन्सार छलेर ल्याइएका ७ वटा गाडी र मोटरसाइकल बरामद

0
Shares

काठमाडौँ।

प्रहरीले भन्सार छलेर ल्याइएको ७ वटा गाडी र एउटा मोटरसाइकल बरामद गरेको छ । भारतबाट चोरी गरेर भन्सार छलेर ल्याएका सवारी साधन काठमाडौँ विभिन्न स्थानबाट बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

बरामद गाडीहरूमध्ये दुई वटा भारतीय नम्बरका रहेकाछन छन् । भे.१ च ३६९९ नम्बरको स्कोर्पियो, भारतीय नम्बर प्लेट भएको क्रेटा र भेन्यु तथा नेपाल नम्बर प्लेट भएका क्रेटा र ब्रेजा प्रहरीले बरामद गरेको छ ।

बरामद गाडीहरू आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।