नक्कली नोटसहित एकजना पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालका-१० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।