सडक दुर्घटनामा दुई युवाको मृत्यु


नवलपरासी ।

बुटवल नारायणगढ सडक खण्डकाे गैडाकाेट र कावासाेतीमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा परि २ युवकको मृत्यु भएको छ ।
स्थानीय खरकट्टा जंगलमा बुधबार साँझ भएको सडक दुर्घटनामा हुप्सेकाेट २ का ४१ वर्षीय धन बहादुर सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको बाग्मती प्र०१-०२९च०२४८ नम्बरको कार र बाग्मती प्र०३-०४प१९५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सार्की गंभिर रूपले घाइते भएका थिए ।

मोटरसाइकल चालक सार्कीलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल लगिएकाेमा उनकाे उपचारकै क्रममा मृत्यु भएको थियाे ।
सोही दुर्घटनामा परी माेटर साइकलमा सवार हुप्सेकाेट १ निवासी  २८ वर्षीया बिनु गुरूङ्ग घाइते भएकीछन् । दूर्घटना पछि कार चालक फरार रहेकाेले प्रहरीले खोजी कार्य भई रहेको जनाएको छ ।

प्रहरीका अनुसार राती अबेर  कार चालक कावासोती ८ का ५० वर्षीय दीपक लम्साल रहेको पुष्टि भएको छ । कार चालक लम्साल प्रहरीले आफ्नो नियन्त्रणमा रहेकाेे जनाएको  छ ।

त्यसै गरी गैडाकाेट १२ हर्कपुरमा ना ६ ख ६०१३ नम्बरको ट्रकले ना ६५ प ६७८९ नम्बरको माेटरसाईकललाई ठक्कर दिँदा २२ वर्षीय युवकको मृत्यु भएको हो ।
मृतक युवक जिल्ला कास्की माछापुच्छ्रे गाउँ पालिका ४ का बल बहादुर साही रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।