केयू र पनौती नगरपालिका बीचको सम्झौता विवादमा

विश्वविद्यालय पर्ख र हेरको अवस्थामा

0
Shares

काभ्रे, पनौती ।

काठमाडौँ विश्वविद्यालय (केयू) र पनौती नगरपालिका बीच आर्किटेक्चर विषय अध्ययन-अध्यापन गराउने उद्देश्यले इन्द्रेश्वर प्राथमिक विद्यालयको खालि भवन लिने दिने बारे गरिएको सम्झौता विवादित बनेको छ।

पनौती नगरपालिका वडा नं ७ स्थित इन्द्रेश्वर प्राविको खालि भवन र त्यसले चर्चेको कित्ता नं ८० को जग्गा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत आर्किटेक्चर विषय अध्ययन-अध्यापन गराउन केयुलाई भोकाधिकारसहित हस्तान्तरण गर्ने सम्झौतामा वडा कार्यालयले असहमति जनाएपछि विवाद बढेको हो । सम्भ्mौतामा नगर प्रमुख रामशरण भण्डारी र केयुका उपकुलपति प्रा.डा. भोला थापाले हस्ताक्षर गरेका छन्।

पनौती नगरपालिका र काडमाडौं विश्वविद्यालय वीचको सम्झौतामा विवाद बढेपछि वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारको अगुवाइमा  ईन्द्रेश्वर प्राविमा केयुले राखेको वोर्ड झिकिएको छ । इन्द्रेश्वर प्राविको भवन र जग्गा भोकाधिकार दिने सम्वन्धि गत मंसिर १८ गते भएको नौ वुदे सम्झौतामा खारगरि एमबिबिएस कोर्षमा पनौती नगरलाई छात्रवृत्ति दिनुपर्ने कुरा उल्लेख नभएको भन्दै वडा अध्यक्षले असहमति जनाएका छन् । वडा कार्यालयको सहमतिमा १२ वुदे सम्झौता तयार भएपनि पछि नगर प्रमुखले एमबिबिएस को लागि छात्रवृत्ति, इन्द्रेश्वर क्याम्पसलाई एकजना विज्ञान शिक्षक उपलब्ध गराउने र वडा नम्बर ७ को एकजनालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराउने जस्ता बुँदा हटेपछि  सम्झौतामा असहमति राखेको वडा अध्यक्ष सविन ताम्राकारले बताए ।

छात्रवृत्तिको सन्दर्भमा केयूले दिँदै आएको एमबिबिएस छात्रवृत्ति विगत तिन वर्ष रोकेको छ  भने धुलिखेल नगरलाई खानिपानि उपलब्ध गराए बापत आइएस्सि तहमा तीन जनालाई दिँदै आएको छात्रवृत्ति पनि हटाएको छ । खानिपानि उपलब्ध गराए वापत धुलिखेल नगरपालिका थ्रु केयू, पनौती नगरपालिका र सम्बन्धित विद्यार्थीले बराबर व्यहोर्ने गरि छात्रवृत्ति उपलब्ध गराउने त्रिपक्षिय सम्झौता थियो । केयूले आइएस्सि फेजआउट भयो भनेर त्यो छात्रवृत्ति हटाए पनि यस बापतको सुविधा अन्य तहमा दिनुपर्ने माग रहेको छ ।

‘इन्द्रेश्वर प्राविको खालि भवन  केयूलाई  प्रयोग गर्न दिने कुरामा आफूहरु पहिल्यै देखि सकारात्मक भएको र सम्झौताका बुँदा बारे छलफल भैरहेको सन्दर्भमा हतारमा तीन बुँदा हटाएर नगरप्रमुखले सम्झौता गरेपछि हामीले असहमति जनाएका हौ’ वडा अध्यक्ष ताम्राकारले भने– सम्झौता गर्नुपुर्व थप एक-दुई चरण छलफल गरेको भए सहमति जुट्न सक्थ्यो । कार्यपालिकाको निर्णय अनुसार सम्झौता भएर केयूले बोर्ड समेत राखिसकेको सन्दर्भमा बोर्ड हटाएर फेरि  विद्यालयको बोर्ड किन राखियो भन्ने प्रश्नमा वडा अध्यक्ष ताम्राकार भन्छन– सम्झौता गर्ने कुरामा हाम्रो असहमति होइन । यस अघि खालि इन्द्रेश्वर प्राविको भवन उपयोगको लागि गुरुकुल सञ्चालनको लागि पनि माग भएको थियो । इन्द्रेश्वर क्याम्पसले पनि मागेको थियो । स्थानीय केही  संस्थाले पनि मागेका थिए । केयूलाई नै दिन भनी अन्त नदिई राखेको वडा अध्यक्ष ताम्राकारको भनाई थियो ।

कार्यपालिकाले सम्झौता गर्ने निर्णय गरेको हो, नौ बुदाँको निर्णय गरेको होइन । केयूको बोर्ड हटाएको सन्दर्भमा भने वडा अध्यक्ष ताम्राकार केयूले बोर्ड नै कसरी राख्यो भन्ने कुरामा अचम्ममा परेको बताउँछन् । विद्यालयको साँचो वडा कार्यालयमा आफ्नो टेवुलको घर्रामा राखेको थिए । साँचो समेत चोरी गरेर विद्यालय खोलिएको र केयूको बोर्ड राखिएको पाइएको छ । यस बारेमा वडाले अनुसन्धान गरिरहेको उनको भनाई थियो । सम्झौता गर्नु पूर्व विद्यालय व्यवस्थापन समितिको निर्णय चाहिने, जनप्रतिनिधि बाहेक नगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीका केही कानुनी कुराहरु पनि निम्र्यौल गरेर सम्झौता गर्नुपर्ने पक्षमा आफू रहेको वडा अध्यक्ष ताम्राकारको भनाई थियो ।

यस बारेमा नगर प्रमुख रामशरण भण्डारीले सम्झौताको हस्ताक्षर गर्ने बेलामा वडा अध्यक्षले असहमति राखेको बताउँदै केयूले पनौतीमा आर्किटेक्चर विषय अध्ययन-अध्यापन गराउने सम्झौता कार्यान्वयनमा जाने बताए । सम्झौता पछि आएको विवाद बारे केयूमा जिज्ञासा राख्दा अझै केही समय पर्ख र हेरको अवस्थामा विश्वविद्यालय रहेको जवाफ आएको बताउँदै नगरप्रमुख भण्डारीले इन्द्रेश्वर प्रावि नभए विकल्प दिएर भएपनि पनौतीमा केयूको उपस्थिति बढाउने बताए ।

झन्डै दुई वर्षको प्रयास पछि केयू र पनौती नपा वीच सम्झौता भएको थियो । २०७९ चैत्रमा केयूले खालि रहेको इन्द्रेश्वर प्राविमा आर्किटेक्चर अध्ययन-अध्यापनको लागि भवन उपलब्ध गराउन वडा नम्बर ७ लाई पत्र पठाएको थियो । यस विषयमा नगरले पनि वडाले नै निर्णय गरोस् भन्ने मनसाय राखेको थियो । केयूको पत्रलाई आधार मानि वडाले २०८० वैशाखमा सो भवन केयूलाई उपलब्ध गराउने निर्णय गरेको थियो । वडा को पत्रको आधारमा कार्यपालिका बैठकले जेठमा सो भवन केयूलाई दिने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय पछि केयूले सम्झौताको लागि परिपत्र गरेको थियो । त्यस पछि वडाले १२ बुँदे सम्झौता गर्ने भनी वडाले नगरप्रमुखको सचिवालयमा पत्र बुझायो । अन्तिमा नपा र केयू वीच नौ बुँदे सहमति गर्ने निर्णय भएपछि वडा अध्यक्षले असहमति जनाए ।