खुशी फिल्मभन्दा प्रेमले चर्चित



एजेन्सी ।

बलिउडमा हालै मात्र पाइला राखेकी अभिनेत्री खुशी कपुरले द आर्चिज नामक फिल्मबाट बलिउडमा प्रवेश गरिन्।

ओटिटिमा रिलिज भएको सो फिल्मले खासै कमाल त गर्न सकेन, तर सो फिल्मपछि भने खुशी आफ्नो अभिनय क्षमताभन्दा पनि प्रेम सम्बन्धको हल्लाको कारण चर्चामा आउन थालेकी छन्।

फिल्ममा सँगै काम गरेका अभिनेता वेदंग रैनाको साथ खुशीको नाम जोडिएको थियो। तर, हालै मात्र पनि खुशी र वेदांग एउटै कारमा देखिएका छन्।

हालै उनीहरू सँगै रहेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै उनीहरूको प्रेम सम्बन्ध बारे फेरि सञ्चार माध्यममा चर्चा शुरु भएको छ। केही दिनअघि अंग्रेजी नया वर्षको अवसरमा पनि उनीहरू सँगै मुम्बई एयरपोर्टमा देखिएका थिए।

निर्माता बोनी कपुर तथा अभिनेत्री स्व. श्रीदेवीकी कान्छी छोरी खुशीलाई केही समयअघि करण जोहरले आफ्नो शो कफी विथ करणमा पनि प्रेम सम्बन्धबारे प्रश्न गरेका थिए।

जहाँ उनले वेदांगलाई आफ्नो असल मित्र भएको जनाउँदै प्रेम सम्बन्धको खबरलाई फर्जी भएको बताएकी थिइन्। उनी बलिउडमा करिअर अगाडि बढाउँदै छिन्।

प्रतिक्रिया दिनुहोस्