ईश्वरमा राते काइँला



काठमाडौं ।

राजु गिरीको निर्देशनमा ईश्वर नामक फिल्म निर्माण हुने भएको छ। लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा अभिनेता सुनील थापा (राते काइँला) र पृथ्वीराज प्रसाई अनुबन्धित भएका छन्।

फिल्म माघ २८ गतेबाट सुटिङ फ्लोरमा जानेछ। फिल्ममा यसअघि नै शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला र गीता अधिकारीले अभिनय गर्ने पक्का भइसकेको छ। केही दिनअघि घोषणा भएको फिल्मको अहिले अन्य कलाकार छनोट भइरहेको छ।

दिव्या कंगना फिल्म्सको ब्यानरमा हरिबहादुर थापा र शंकर गिरीले निर्माण गर्ने फिल्ममा पटकथा एवंम् संवाद भोजराज देवकोटा, संगीत राजेन्द्र बजगाई र बीपी वाग्ले, कोरियोग्राफी कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डे, द्वन्द्व निर्देशन देव महर्जन र छायाँकन रामेश्वर हुमागाईंको रहनेछ।

प्रतिक्रिया दिनुहोस्