ढोरपाटन अब हलमा



काठमाडौं ।

साल्पा फिल्म्सले फिचर वृत्तचित्र ढोरपाटनको व्यावसायिक प्रदर्शनी गर्ने भएको छ। युरोप र एसियाका प्रसिद्ध अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नो विन्टर होलिडेजको नामले चिनिएको यो डकुमेन्ट्री आगामी पौष २७ गतेदेखि राजधानीको सीडीसी सिनेमाजमा प्रदर्शन हुने भएको छ।

२०७५ सालको फागुनदेखि निर्माण शुरु भएको फिल्मको गत असारमा वल्र्ड प्रिमियर भएको थियो भने त्यसपश्चात भदौमा दक्षिण कोरियाको डीएमजी डक्समा एसियन प्रिमियर भएको थियो।

तिहारअघि भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित धरमशाला अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखाइएको थियो। साथै, कलकत्ताको कोलकाता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दर्शकबाट प्रशंसा बटुलेको थियो।

हालै कजाकस्तानमा आयोजित प्रथम अलटरनेटिभा फिल्म अवार्ड्समा नेटिभाङ श्रेणीमा पुरस्कृत भएको थियो भने नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रको उपाधि पाएको थियो।

प्रतिक्रिया दिनुहोस्