कोशीका सभामुख विष्टले लिए शपथ

0
Shares

काठमाडौँ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन । मंगलबार प्रदेशसभाबाट सभामुखमा निर्वाचित भएका विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका हुन ।

राप्रपाका समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन ।

सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।