अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

0
Shares

कैलाली।

गोदावरी नगरपालिका-५ गेटा बस्ने बिष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्रामसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीको घर जाँच गर्ने क्रममा सिडिमा लुकाई राखेको उक्त परिमाणको पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।