चक्रवर्ती कलेजका अध्यक्ष भण्डारीमाथि कुटपिट गरेको आरोपमा छोरासहित २४ जना पक्राउ



काठमाडौं।

चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनका छोरासहित २४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उनका छोरा निरज, कैलालीका धिर्खबहादुर रोकाया, चक्रमपथका अभिनक सिंह राठौर, सुनसरीका क्षितिज कोइराला, खोटाङका अमरबहादुर विक, उदयपुरका जीवन भुजेल, ललितपुरका केशव देशार, सल्यानका रिजन केसी र मकवानपुरका भिमलाल वाइवा छन् ।

त्यस्तै, मकवानपुर घर भइ चापागाउँ बस्दै आएका मनिष थिङ, ललितपुरका रजित बेन्जकार, संजय महर्जन, काभ्रेका भिमबहादुर तामाङ, चैरमान लामा, हुम्बु लामा, छेगु लामा, ललितपुरका वीजेन्द्र महर्जन, झापाका विकास मोदे, लतिलपुरका जितेन्द्र श्रेष्ठ र मकवानपुरका सञ्चार सिंह भोलान पनि पक्राउ परेका छन् ।

यस्तै बझाङका सेरेन जोशी, काभ्रेका सुजित दाहाल, गोरखाका शुशान्त पाण्डे र बाग्लुङका जगत आचार्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंजनाएको छ। । उनीहरुलाई प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ।

कलेजको विवादमा हिजो (सोमबार) साँझ निरजसहितको समूहले देवेन्द्रमाथि धारिलो हतियार प्रहार गरेको थियो । उनको टाउकोमा चोट छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्