चाेरिएकाे सुनसहित चार जना पक्राउ

0
Shares

काठमाडौँ।

चाेरिएकाे सुनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई लगनखेल बस्ने २० वर्षीय सन्देश नेपाली, पोखरा घर भई क्षेत्रपाटी बस्ने २६ वर्षीय अनीश पौडेल, नुवाकोट घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय ज्ञान बहादुर विश्वकर्मा र काठमाडौं घर भई महाराजगन्ज बस्ने ३० वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।

शुक्रबार दिउँसो ललितपुर महानगरपालिका-१२ मंगलबजार स्थित राम बहादुर नेपालीको घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रवेश गरी विभिन्न सुनका गर गहना समेत गरी अन्दाजी ४ तोला ८० लाल चोरी भएको थियो ।

उक्त घटना अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सन्देश नेपाली समेत चार जनालाई चोरी गरी लगेका गर गहना तथा नगद सहित पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी परिसर ललितपुर पठाइएको छ ।