नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा

0
Shares

काठमाडौं  ।

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो।

 जसमा कोषाध्यक्षबाहेक अन्य सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । सात जना कार्यसमिति सदस्य निर्वाचनबाट चुनिएका छन्।

 संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ तथा सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका छन् ।

 यस्तै, सदस्यहरुमा रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल सदस्य चुनिएका छन् ।

 निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र सबै क्षेत्र समेटिएको कार्यसमितिको पदावधि तीन वर्षको हुने संघले जनाएको छ ।