बालविवाह गरेको कसुरमा १ वर्ष कैदको  फैसला

42
Shares

धादिङ । 

जिल्ला अदालत धादिङले १३ वर्षीया बालिकालाई बालविवाह गरेको भन्दै १५ वर्षीय बालकलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको ०८० पुस २२ गतेको इजलासले बालक र बालिका भागेर बालविवाह गरेकोले कसुर कायम गर्दै सो फैसला गरेका हुन्

०८० असोज २५ गते जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

दुवै जना बालक भएको र राजिखुसि भागेर विवाह गरी बच्चासमेत जन्मेको अवस्था भएकोले घटना जबरजस्ती करणी नभई कानुनले प्रतिबन्ध लगाएको बाल विवाह गरेको कसुर कायम गरी बालकलाई एक वर्ष कैद गर्ने फैसला भएको श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए  ।

१६ वर्ष मुनीको बालक भएकोले मुलुकी अपराध संहिता २०७४ को ७३ ९३० सजाय गरिएकोमा आधा सजाय गरिएको छ ।

दुबैजनाबाट बच्चा जन्मेको अवस्थामा बालविवाह गर्न कानुनले प्रतिबन्ध लगाएकोले सामाजिक परम्परा भएपनि कसुरबाट उन्मुक्ति पाउन नसक्ने श्रेस्तेदार भण्डारीको भनाइ छ ।

०७९ माघ १५ गते घटना भएको भन्दै ०७९ असोज १५ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी परेको थियो । सोहिदिन पीडितको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा भयो । आरोपितलाई सोहिदिन गिरफ्तार गरी हिरासतमा राखिएकोमा अदालतको आदेश बमोजिम असोज २५ गतेदेखि बाल सुधार गृहमा राखिएको छ ।