परिवारसहित सिमरा पुगे पूर्वराजा शाह



 काठमाडौं ।

 पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सिमरा पुगेका छन् । करिब दुईसाता भैरहवा बसाईपछि उनको  परिवार सिमरा पुगेका हुन् । आइतबार दिउँसो बुद्ध एयरको जहाजबाट सिमरा जाने कार्यक्रम रहेको थियो ।यस्तै  दिउँसो २ बजे भैरहवाबाट जहाज बुकिङ गरी सिमरा जाने कार्यक्रम रहेकोमा  बाक्लो हुस्सुको कारण विमानस्थल खुल्न नसकेपछि पूर्वराजा शाहको परिवार सोमबार बिहान १० बजे स्थलमार्ग हुँदै  सिमरा पुगेका हुन् । उनलाई ठाउँठाउँमा स्थानीयहरुले  स्वागत गरेका थिए।

 नागरिक अभिनन्दनको लागि भन्दै  पश्चिम र मध्य तराई भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, छोरी प्रेरणासहित सिमरा पुगेका हुन् ।

करिब दुईसाता सिमरा बसाइँको क्रममा वीरगन्ज, कलैया गढीमाई, मकवानपुर लगायत जिल्लामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्