फ्लाविया मिस इको इन्टरनेसनल



काठमाडौं ।

काठमाडौंकी २१ वर्षीया फ्लाविया महर्जन मिस इको इन्टरनेसनल नेपाल २०२४ घोषित भएकी छन्।

विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल २०२४ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

ग्रिनआर्ट मिडियाद्वारा हालै राजधानीमा सम्पन्न कार्र्यक्रममा विजेता महर्जनले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन्।

कोरियोग्राफर रोजिन शाक्यले नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु निकै गौरवको विषय भएको चर्चा गर्दै सो अवसरको सदुपयोग गरी आफ्नो र राष्ट्रको नाम उँचो राख्न महर्जनलाई सुझाए।

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्