मिसेस नेपाल वर्ल्डलाई पुरस्कार



काठमाडौं ।

रिबन इन्टरटेनमेन्टले गत कात्तिक महिनमा राजधानीमा सम्पन्न गरकोे विवाहित महिलाहरूको प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

हालै राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा आयोजित समारोहबीच विभिन्न प्रतियोगिताका विजेतालार्ई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यक्रममा स्कुटर अटो नेपाल म्यागजिनका डाइरेक्टर रोसनकुमार श्रेष्ठले मिसेस नेपाल वर्ल्ड २०२३ कि विजेता पृथ्विया थापालाई विद्युतीय स्कुटर प्रदान गरे।

कार्यक्रममा मिसेस नेपाल इन्टरनेसनल २०२३ सिर्जना केसीलाई टेलिभिजन, एमएस नेपाल इन्टरनेसन २०२३ सीता सुवेदीलाई ओभन तथा मिसेस नेपाल वल्र्डको टप फ्यान सन्ध्या गैह्रेलाई भ्याकुम क्लिनर प्रदान गरियो।

कोरियोग्राफर अश्विनीकान्त झाद्वारा सञ्चालित कार्यक्रममा विजेताहरूलाई रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, बागमती प्रदेशकी सभासद हरिप्रभा खड्गी, कर्णाली प्रदेशकी सभासद जानकी सिंह, पत्रकार अखण्ड भण्डारी, ब्युटी पेजेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, ग्रामिण महिला विकास तथा एकता केन्द्रकी महासचिव ज्योत्सना साउद, समाजसेवी डा. भद्रा भण्डारी, अभिनेत्री सरिता लामिछाने लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्