भारतले सूर्यको अवलोकन गर्न  पठाएको आदित्य- एल १ गन्तव्यमा पुग्यो 

42
Shares

काठमाडौँ। 

भारतले सूर्यको अवलोकनका लागि पठाएको यान आदित्य- एल १ गन्तव्यमा पुगेको छ।  अन्तरिक्ष अनुसन्धान निकाय इसरोले प्रक्षेपण गरेको चार महिनापछि आदित्य- एल १ शनिवार अपराह्न आफ्नो गन्तव्यमा पुगेको हो।

आफ्नो मिसन सफल भएसँगै प्रधानमन्त्री मोदीले भारतले इतिहास रचेको बताएका छन्।

“हाम्रा वैज्ञानिकहरूको अथक समर्पणको परिणाम स्वरूप सबैभन्दा जटिल अन्तरिक्ष मिसन सफल भएको छ। यो असाधारण उपलब्धिको प्रशंसा गर्न म हाम्रो राष्ट्रसँगै छु। मानवजातीको हितको लागि विज्ञानका नयाँ सीमाहरूसम्म पुग्ने लक्ष्यमा हामी लागिरहन्छौँ,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यान सुरक्षित अवतरण गरेर इतिहास बनाएको केही दिनमै गत २ सेप्टेम्बरमा यो अन्तरिक्ष मिसन प्रक्षेपण गरिएको थियो।

सूर्यको अध्ययनका लागि पठाइएको मिसनको नाम पनि सूर्यकै नाममा राखिएको छ। सूर्यको अध्ययनका लागि पठाइएको मिसनको नाम पनि सूर्यकै नाममा राखिएको छ।आदित्यको अर्थ संस्कृतमा सूर्य हो। एल १  चाहिँ पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ र त्यहाँ रहेको बस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन्।

आफू अडिने स्थानमा पुगेपछि आदित्य-एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ।यो बिन्दुबाट यसले सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ।

सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन।

यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि  सौर्य मिसन पठाइसकेका छन्।

भारतको चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणकेन्द्रबाट यो यानलाई अन्तरिक्षमा पठाइएको थियो।

भारतीय अन्तरिक्षयान पठाइएको पृथ्वी र सूर्यको गुरुत्व शक्ति सन्तुलित हुने स्थान १५ लाख किलोमिटर टाढा छ। उक्त दुरी पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा करिब चार गुणाले बढी हो।तर, त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो। सूर्य पृथ्वीबाट करिब डेढ करोड किलोमिटर टाढा छ।

भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू ‘पे लोड’ बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ।

यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ। सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ्विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्।

एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले ‘सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ।’

 “यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ।” भारतको अन्तरिक्ष अनुसान्धान निकाय  इसरोले भनेको छ। -बीबीसीको सहयोगमा