दुई फरार  प्रतिवादी पक्राउ

0
Shares

उदयपुर । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ६बाट वन मुद्दाका दुई जना फरार प्रतिवदी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय  उदयपुरले दिएको जानकारी अनुसार  त्रियुगा नगरपालिका ६ बस्ने वर्ष ३४ को कुमार विकलाई जिल्ला अदालत उदयपुरले १० दिन कैद र ११ हजार ५७२ रुपैयाँ  जरिवाना तोककोमा उनी फरार अवस्थामा रहेका थिए ।

यसै गरी सोही मुद्दामा १ महिना कैद र ११ हजार ५७२ रुपैयाँ  जरिवाना तोकिएका सोही ठाउँका ३८ वर्षका साथर सदा पनि फरा रहेकोमा पक्राउ गरी दुबैजनालाई फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको प्रहरीले जनाएको छ ।