क्राइम सिरिजमा आरती



काठमाडौं ।

क्राइममा आधारित आरती वेब सिरिजको नेपाली संस्करणको प्रिमियर राजधानीमा सम्पन्न भएको छ। संघीय सांसद एवं मधेस प्रदेशको पूर्व सामाजिक विकासमन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा सम्पन्न प्रिमियरमा सिरिजको इपिसोड १, २ र ६ देखाइएको थियो।

नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कंडेल र संसार अधिकारीलगायतका कलाकारले अभिनय गरेको सिरिजमा रोशन दासको कथा र निर्देशन, हिक्मत शर्माको कथा लेखन, नितेश घतानको छायांकन तथा कविर ओडको सम्पादन रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री साहले भने, नेपाली–मैथिली सिनेमाको इतिहासमा युवाको प्रयास दृष्टिकोणले सराहनीय रहेको तथा यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्तताका लागि अभिप्रेरित गर्ने चर्चा गरे।

नेपाली र मैथिली गरी दुई भाषामा निर्माण भएको जघन्य अपराध बलात्कार र महिला हिंसामा आधारित सिरिज ६ भाग रहेको छ। वेब सिरिज नेट टिभीमा प्रसारण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्