प्रधानमन्त्रीको स्वागतमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

14
Shares

रामेछाप । 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड गाउँपालिका आउने भए पश्चात् रामेछापको सुनपाति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
मङ्गलवार एक सूचना जारी गदै गाउँपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्ड नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न पुस १९ गते रामेछाप आउने कार्यक्रम रहेको थियो ।

सो दिन गाउँपालिकामा रहेका सबै कार्यालय बन्द गर्न गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । ‘गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैङ्क, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ।

पाँच वटा वडा रहेको सो गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा चार जना वडाध्यक्षसहित माओवादी केन्द्रले जितेको छ । एक जना वडाध्यक्ष भने नेपाली काँग्रेसले जितेको छ ।