ट्याङ्करले अटोलाई ठक्कर दिँदा २ भारतीय नागरिकको मृत्यु 



रौतहट। 

 पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–५ मा सोमबार राती टयाकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । बाराको अम्लेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७नम्बरको तेल बोक्ने ट्याङ्करले चन्द्रपुर–५ मा रौतहटको वाग्मती स्थीत पर्यटकिय क्षेत्र नुनथरमा अङ्ग्रेजी नयाँ बर्ष मनाएर र्फकदै गरेको  ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिँदा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय  पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षीय अवधेश झाको मृत्यु भएको हो ।

उपचारको क्रममा दुवैको वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाए अनुसार टेम्पोमा सबार ६ जनामध्ये दुई भारतीयको मृत्यु भएको हो । टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनीको दाहिने हातमा चोट लागेको छ । अटोमा सवार चन्द्रपुर–५ का समीर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएकाथिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हातभाँचिएको प्रहरीले जनायो ।घाईतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भैरहेको छ । ईलाकाप्रहरीकार्यालय चन्द्रनिगाहपुरले घटना लगतै ट्याङ्कर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षीय प्रवीण साहलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्