काठमाडौँ।
रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पूर्ण विवरण केहीबेरमा सार्वजनिक हुनेछ।
योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया