प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

0
Shares

काठमाडौँ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडी अर्धनग्न प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो नेकपा क्रान्तिकारी माओवादी निकट तीनजना युवाहरुले प्रधानमन्त्री कार्यालय आगाडी अर्धनग्न प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका उनीहरुलाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले शरिरमा स्टप मर्डर, सेभ नेसन, नो एमसीसी, नो एनसेल लेखेको पर्चा टाँसेका थिए । कपडा खोेलेर उनीहरुले उक्त पर्चा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको प्रहरीले जनाएको छ।