बालकुमारी घटनामा मृत्यु भएका शाहको परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

0
Shares

धनगढी ।

सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै प्रदेश सरकारका तर्फबाट दुई लाख राहत दिने बताए। परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत दिइने उनको भनाइ छ।

आज नै शाहका ‘हत्यारा’लाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघि आफन्तले प्रदर्शन गरेका छन्।