१४  केजी गाँजासहित एक जना पक्राउ

0
Shares

उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय कटारीको गस्तीमा रहेको प्रहरी टोलीले  शनिवार १४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ३ घर भै हाल कटारी ४ सिम्लेमा कोठा भाडा लिएर बस्दै आएका ४८ वर्षका सन्तोष राई रहेका छन् ।

आफू बसेको घरको भान्सा कोठामा राईले खाडल खनेर उक्त गाँजा लुकाएर राख्ने गरेको सूचना पाएपछि प्रहरीले चेक जाँच गर्दा खाडलमा १४ केजी ६० ग्राम गाँजा फेला पारेकोले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय  उदयपुरले जनाएको छ ।