ब्राह्मण समाज नेपाल बाराले केन्द्रीय पार्षद छनौट गर्‍यो 

0
Shares

बारा ।

ब्राह्मण समाज नेपाल बाराले केन्द्रीय पार्षद छनौट गरेका छन् ।

ब्राह्मण समाज नेपाल बाराका निमित्त संयोजक अखिलेश कुमार पाण्डेको सभापतित्वमा शनिबार बसेको बैठकले केन्द्रीय अधिवेशनको लागि बारा जिल्लाबाट ५ जना पार्षद सदस्य छनौट गरेको हो ।

ब्राह्मण समाज नेपालको केन्द्रीय अधिवेशन पुस २१, २२ र २३ गते दाङ जिल्लाको घोराहीमा हुने भएकाले सो अधिवेशनमा भाग लिन ब्राह्मण समाज नेपाल बाराले बृजेश कुमार पाण्डेय, कार्त्तिकदेव पाण्डेय, राजेश तिवारी, विजय किशोर पाण्डेय र ब्राह्माकान्त पाण्डेयलाई सर्व सहमतिबाट चयन गरेको महागढीमाई नगरपालिकाका ब्राह्मण समाज नेपालका नगर अध्यक्ष रामायण तिवारीले बताए ।

यसैगरी जिल्ला अधिवेशन गराउन पटकपटक संयोजक तोकिए पनि समयमा अधिवेशन हुन नसकेपछि, तत्काल पुरानै समितिलाई अधिवेशन गराउन दवाव सिर्जना गर्ने, गराउने र जिल्लाका १५ वटा पालिकामा नगर कमिटि, गाउँ कमिटि गठन गराउन वातावरण सिर्जना गर्ने बैठकबाट सहमति भएको हरिकृष्ण तिवारीले जानकारी दिए ।

यसैगरी महागढीमाई नगरपालिकामा सम्पन्न भई सकेको नगर कमिटीलाई वैधानिकता दिने आजको भेलाबाट सहमति भएको उनले बताए ।

भेलामा मुक्तिनाथ तिवारी, प्रेमलाल पाण्डे, अखिलेश पाण्डे, विजय किशोर पाण्डे, देवानन्द पाण्डे, ज्ञानसागर पाण्डे, बेद प्रकाश पाण्डे, संजय तिवारी, शम्भु शुक्ला, ओमप्रकाश उपाध्याय, मोहन पाण्डे, चन्द्रकिशोर पाण्डे र शिवशंकर मिश्र लगायतको सहभागिता रहेको थियो ।