बस दुर्घटनामा उसु खेलाडीको मृत्यु


धनगढी ।

बस दुर्घटनामा धनगढी जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ। हेटौंडास्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा धनगढी १२ जुगेडाकी १८ वर्षीया निता खड्काको मृत्यु भएको हो।

कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिमस्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरू चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो।

जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै दुर्घटनामा १२ जना घाइते भएका छन्। बसमा सवार अन्य खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ्ग,सृजना विसी, मुकेश कार्की,अस्मिता गाहामगर,अभी महतो,हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निर्णायकहरू खुशीराम चौधरी,राजीव गुप्ता र एलिसा खाती घाइते भई उपचाररत रहेका छन्।