जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गर्ने



काठमाडौँ ।

 काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शनिबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्।

सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात् छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको सन्दिपका एक कानुन व्यवसायीले भने।

कानुनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन।

जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटीपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दिपका कानुन व्यवसायीले बताए।

प्रतिक्रिया दिनुहोस्