लेखनाथ महोत्सवमा ब्रेक फेल भएको गाडी घुसेपछि… 

0
Shares

 पोखरा ।

 पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो । प्रहरीका अनुसार  ब्रेक फेल भएको बसले ठक्कर दिँदा उनको शनिबार बिहान निधन भएको हो ।

 जारी लेखनाथ महोत्सवस्थलको गेट अघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई ब्रेक फेल भएको बसले ठक्कर दिए पछि उनी गम्भीर घाइते भएकी थिइन ।

 जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार सवारी ब्रेक फेल भई दुर्घटना भए पछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।