गाँजासहित ३ जना पक्राउ

0
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिहीबार गाँजासहित तीन जनालाई पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्लाको बेलका नगरपालिका ८ सेतीखोला नजिकबाट ११ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरिएको हो ।

गाँजासहित पक्राउ पर्नेहरुमा बेलका नपा ८ का ४० वर्षका मुगालाल राई, सोही ठाउँ बस्ने वर्ष २१ का सुवास राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ६ तत्रिीगाछी घर भै हाल बेलका नपा ८ बस्ने शंकर माझीलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।