अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ

0
Shares

काठमाडौँ। 

अमेरिका पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएर सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा छिन् ।

पीडितलाई अमेरिका पठाइदिन्छु भनेर १४ लाख ९० हजार लिएपछि उनी सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए । अमेरिकामा मासिक साढे ३ लाख तलब आउने जागिर पाइने आश्वासन दिएर पार्वतीले अमेरिका पुग्न ३० लाख लाग्ने बताएर पीडितलाई प्रभावमा पारेकी थिइन् ।

पटकपटक गरेर १४ लाख ९० हजार लिएर सम्पर्क विहीन भएपछि पीडितले उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचलमा उजुरी गरेका थिए । आरोपीलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको छ।