जीप दुर्घटनामा चालकको मृत्यु  

0
Shares

बाजुरा। 

गौमुलगाउँपालिकाको मालिवनमा बिहीबार राति जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ मैतोला घर भएका जीप मालिक तथा चालक अन्दाजी ३८वर्षका देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 घटमुनाबाट सियाढुंगा जाँदै गरेको से १ ज ९८९ नम्बरको जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई  दुर्घटना भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीका अनुसार जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर इचार्ज मदन रोकाया घाइते भएका छन्  ।
घाइतेको उद्धार गरेर गौमुल गाउँपालिकाको घटमुना स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ ।

बाजुराका ग्रमिण सडक खण्ड कच्ची तथा ट्याक ओपन मात्र गरिएका छन्। खनेका सडकमा गाडी साइड लाउने ठाउँ हुँदैन । ज्यान जोखिममा राखेर यात्रा गर्नु पर्छ। न्यूनतम सडक मापदण्ड अनुसार सडक खन्ने र वातावरण असर प्रभाव जाँच  नगरी नाकस्विरमा सडक सञ्जाल विस्तार गर्दा सवारी दुर्घटना भइरहेका छन् उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाको भनाई छ ।