नक्कली नोटसहित काठमाडौँबाट एक महिला पक्राउ

0
Shares

काठमाडौं।

गोकर्णेश्वसर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।