सेनाद्वारा शङ्कास्पद बस्तु निस्कृय तथा आगलागी नियन्त्रण

0
Shares

बाँके।

जिल्लाको राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरीखोलामा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले आज निस्कृय पारेको छ ।

यस्तै पाल्पा जिल्ला, तानसेन नगरपालिका-५, धरमपानीस्थित जंगलमा लागेको डढेलो र रोल्पा जिल्ला, रोल्पा नगरपालिका-१, खवासेस्थित स्थानीय व्यक्तिको घरमा भएको आगलागी नेपाली सेनाले स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा नियन्त्रणमा लिएको छ ।