आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास

0
Shares

उदयपुर ।

 सुख्खा याममा हुने आगलागीका घटना न्यूनीकरण गर्ने उद्देश्यले उदयपुरमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । उदयपुरगढी गाँउपालिकाको आयोजना,  नेपाली सेनाको पशुपति प्रसाद गण गाईघाटको प्राविधिक सहयोगमा उदयपुरगढी नगरपालिका बडा नं ६ नेपालटारमा प्रदर्शन गरिएको हो ।

आगलागी तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृत्रिम घटना अभ्यासको आयोजना गरिएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्काले बताए ।

बिपद भन्ने कुरा जुनसुकै बेला पनि आउन सक्छ, आगलागीबाट हुन सक्ने सम्भावित बिपदका घटनाहरूबाट बच्न सरोकारवाला निकाय र आम नागरिक पूर्व तयारी अवस्थामा रहनको लागि स्थानीय तहसँगको सहकार्यमा जनचेतनामुलक कक्षा सञ्चालन गरिएको नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी मनोज बैदवारले जानकारी दिए । सहायक रथी बैदवारका अनुसार बिपदका घटनाहरू भइसके पश्चात के के गर्ने भन्ने विषयमा आम नागरिकलाई पूर्ण जानकारी हुन आवश्यक रहेकोले कार्यक्रम गरिएको हो ।

नेपाली सेनाले समय समयमा विपद्सँग सम्बधीत विभिन्न (आगलागी, बाढी, पहिरो, भूकम्प) घटनाहरूको समय समयमा कृत्रिम घटना अभ्यास गर्दै आइरहेको छ । सहास नेपाल नामक गैरसरकारी संस्थाको सहजिकरणमा कार्यक्रम भएको हो ।