काठमाडौं ।
काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-२ ठूलो भर्याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
उता काभ्रेकाे पनौति नगरपालिका-४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २४ वर्षीय शान्त प्रसाद तिमिल्सिना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिक्रिया