दुई वर्षीया बालिका अपहरण मुक्त, अपहरणकारी पक्राउ

0
Shares

काठमाडौं ।

प्रहरीले दुई वर्षीय बालिकालाई सकुसल उद्धार गरी अपहरणकारीलाई पक्राउ गरेको छ ।

स्थायी घर रामेछाप भइ हाल भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ४ बालकोट बस्ने ३७ वर्षीय राज नेपालले भक्तपुरको गोठाटार बस्ने दुई वर्षकी बालिकालाई पुस १० गते काठमाडौंको गौशलाबाट अपहरण गरेका थिए ।

निवेदन प्राप्त भएको ३६ घण्टाभित्र विशेष प्रहरी टोलीले बालकोट पानीट्याङ्कीबाट बालिकाको उद्धार गरी पीडितलाई जिम्मा लगाइएको र अपहरणकारीलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए ।