अजरबैजान पठाउने भनी ६ लाख बढी ठगी गर्ने पक्राउ

0
Shares

काठमाडौँ।

प्रहरीले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाउने भनी ६ लाख ७७ हजार रुपियाँ लिइ सम्पर्कविहिन रहेका हरि कुमार दाहाललाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्थायी घर खोटाङ दिक्तेल रुपाकोट मझवागडी नगरपालिका – ६ भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ५१ वर्षीय दाहाललाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

दाहालले खेम बहादुर डाँगीलाई अजरबैजान जान ६ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा मासिक तलब ७५ हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए । प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।