गहुँको समर्थन मूल्य ३ हजार ६५० तोक्ने सरकारको निर्णय

0
Shares

काठमाडौँ।

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

निर्णयहरुः

१. आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६५०/१४ निर्धारण गर्ने

२. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा श्री महेश भट्टराईलाई तोक्ने ।

३. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) स्वीकृत गर्ने । यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुने ।