गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

14
Shares

काठमाडौँ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन्।

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी भोलि शुक्रबारलाई तोकिएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी निवेदकको छ।

अधिकारी उक्त पदका लागि योग्य नरहेको भन्दै नियुक्ति बदरको मागसमेत गरिएको छ।

गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ।

०७६ चैत २४ मा सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो।