सम्पर्कमा नरहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

0
Shares

काठमाडौं ।

नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै एकजना वरिष्ठ हवल्दारसहित २१ जना प्रहरी आफूखुसी कार्यालयको सम्पर्कमा नरहेको जनाएको छ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २१ जना प्रहरीलाई गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन आग्रह गरिएको छ।

उनीहरू लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिएको छ। उनीहरुलाई खोजतलास गर्दा पनि सम्पर्कमा नआएको सूचनामा उल्लेख छ।