पत्रकार किसीलाई ज्यापू प्रतिभा सम्मान

0
Shares

काठमाडौँ।

अढाई वर्षदेखि पत्रकारितामा क्रियाशील भई संस्कृति, सम्पदा संरक्षण, स्थानीय विकास र नेवाः समुदायको हकहितका लागि पत्रकारिताका माध्यमबाट महत्त्वपूर्ण योगदान पु¥याएका  पत्रकार कृष्ण किसीलाई ज्यापू युवा प्रतिभा (सञ्चार) बाट सम्मान गरिएको छ ।

योमरी पूर्णिमाको दिन २० औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोषले मंगलबार वसन्तपुरमा आयोजना गरेको समारोहमा उनलार्ई सो सम्मान गरिएको हो।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले पत्रकार किसीलाई सम्मानपत्र र नगद  १० हजार प्रदान गरे।

शुरुमा अन्नपूर्ण पोष्ट दैनिकमा लामो समय काम गरेका  पत्रकार किसी हाल नागरिक दैनिकसंग आबद्ध छन् । यससंगै ख्वप कलेजमा पत्रकारिता विषयमा अध्यापन पनि गदै आएका छन् । सो अवसरमा पत्रकार किसीसहित विभिन्न विधाहरुमा योगदान गरेका २७ जनालाई पनि सम्मान गरिएको थियो ।